असार २८, २०८२ शनिबार July 12, 2025

दुर्गास्थान आधारभुत विद्यालय : जिल्लाकाे पहिलो तीन तारे विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डडेल्धुराको अजयमेरू गाउँपालिका–४ स्थित दुर्गास्थान आधारभुत विद्यालय जिल्लाकै पहिलो तीन तारे विद्यालय बनेकाे छ। खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी मापदण्डहरू पूरा गरेपछि याे विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।

अजयमेरू गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना डडेल्धुराको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक तिर्थराज पनेरुले बताए। उनकाअनुसार खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो।

दुर्गास्थान आधारभुत विद्यालय खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था दिगोपन, विपद् जोखिम व्यवस्थापन र प्रवर्द्धन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका मापदण्डहरू पूरा गरेपछि विद्यालय तीन तारे सुनिश्चिता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहार विष्णु पोखरेलले बताए ।

उनले डडेल्धुराका २४ विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गर्ने कार्यक्रम रहेको बताए । चालु आर्थिक वर्षमै ६ विद्यालयलाई तीन तारे बनाइने लक्ष्य छ। उनले भने, ‘घोषणा गर्दैमा सबै कुरा पूरा भए भन्ने होइन्। यो अभियानलाई गाउँपालिका, विद्यालय र अभिभावकले सहयोग गर्नुपर्छ।’

दुर्गास्थान विद्यालयले विद्यालय खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि ७४ को दोस्रो संसोधन ७६ अनुसारका १० वटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीन तारे विद्यालय घोषणा गरिएको जनाइएको छ। तीन तारे घोषणा गर्न विद्यालयले चालेको कदम सर्हानीय भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका व्यवस्थापन सूचना प्रणाली विशेषज्ञ पल्लव नेपालले बताए। ‘हामीले पहिलेदेखि नै सरसफाइको क्षेत्रमा धेरै समस्या भोग्यौं । परियोजनाको समयअवधि सकिन एक वर्ष बाँकी रहँदा बल्ल पहिलो विद्यालय तीन तारे घोषणा हुँदैछ,’ उनले भने, ‘अन्तिम वर्षमा आएर सफलता पाएका छौं । नानीबाबुलाई कस्तो वातावरण दिने भन्ने यहाँको हातमा छ।’ उनले भने।

दुर्गास्थान आधारभुत विद्यालय जिल्लाकै पहिलो तीन तारे विद्यालय सुनिश्चिता घोषणा हुनु गाउँपालिकाका लागि खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए। उनले यो अभियानमा साथ सहयोग गर्ने सम्पूर्णको कदम सर्हानीय भएको बताए । गाउँपालिकाले आगामी दिनमा अझैं शिक्षाको क्षेत्रमा फड्को मार्दै जाने र अजयमेरूलाई शिक्षाका लागि नमूना क्षेत्र बनाउने प्रतिबद्धता जनाए। -नयूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार