असार २८, २०८२ शनिबार July 12, 2025

मजदुरका बालबालिकाले धानिएको विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर लमजुङको सदरमुकाम बेसीशहरका बालबालिका बोर्डिङ स्कुल जान्छन् । सदरमुकाममा रहेको बाल लक्ष्मीमन्दिर प्राथामिक विद्यालय भने मजदुरका छोराछोरीले धानेका छन् ।

५० वर्षअघि स्थापना भएको लक्ष्मीमन्दिर सामुदायीक विद्यालय हो । विद्यालयका प्रधानाध्यापक भगवती जोशीले पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा नपढाएको बताइन् ।

यसै विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । तर, पछिल्लो समय उक्त विद्यालय काटेर निजी विद्यालय जानेको संख्या बढ्दा विद्यालय भने मजदुरका बालबालिकाले धानिएको छ ।

विसं २०४२ सालमा गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको विद्यालयमा अहिले जम्मा ४१ जना विद्यार्थी छन् । त्यसमध्यै पनि नियमित रुपमा विद्यालय आउनेको संख्या कम छ । खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थीहरु नियमित विद्यालय नआएको शिक्षकहरुको भनाइ छ । ठूलो उमेर समूहका विद्यार्थी भने कामका समयमा मजदुरी गर्न जाने गरेका छन् ।

विद्यालयमा एक जना काज, ३ जना दरबन्दी र एक जना बालविकास गरि ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन् ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार