कार्तिक २३, २०८३ सोमबार November 9, 2026

रिजल्ट चित्त नबुझेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप, १२ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कक्षा १२ नतिजा चित्त नबुझेको भन्दै पोखरामा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले १ हप्तादेखि परीक्षा व्यवस्थापन बोर्डमा धर्ना दिइरहेका छन् ।

नतिजा चित्त नबुझेको भन्दै धर्नामा रहेका विद्यार्थीमाथि आइतबार प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका १२ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था तनावपूर्ण बनेको थियो । त्यस क्रममा झडप हुँदा केही विद्यार्थी र प्रहरीसमेत घाइते भएका छन् ।

गण्डकीमा ७ वटा विद्यालयबाट कानुन विषयमा परीक्षा दिएका विद्यार्थीको नतिजामा निकै कम अंक आएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।  यो विषयमा सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थीले बी प्लस मात्रै पाएको उनीहरुको भनाइ छ ।

आफूहरुले परीक्षा राम्रो गरे पनि नतिजा गलत मनसायबाट प्रकाशित गरिएको विद्यार्थीहरुको आरोप छ । परीक्षा बोर्डले नतिजामा असन्तुष्टी भए पुस ४ गतेसम्म निवेदन दिन भनेको छ । तर, त्यसका लागि पैसा तिर्नुपर्छ । विद्यार्थीहरुले विना शुल्क आफ्नो उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग राखेका छन् । विद्यार्थी संघ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी समस्या समाधानको माग गरेका छन् ।

 ‘नियोजित रुपमा अनियमितता भएको देखिएको छ । विद्यार्थीहरु यसबाट मर्कामा परेका छन्,’ विद्यार्थी संगठनहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरु आफ्नो अधिकारको लागि धर्नामा बसेको बेला प्रहरी प्रशासनले निर्ममतापुर्वक लाठी चार्ज गरेको र विद्यार्थीहरुलाई कुटपिट गरेको छ । केही घाइते र गिरफ्तार गरिएको छ । उक्त घटनाको घोर भत्र्सना गर्दछौं।’

उनीहरुले घाइते विद्यार्थीको नि:शुल्क उपचार र गिरफ्तारमा परेकाको रिहाइको माग गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, अनेरास्ववियू, अखिल क्रान्तिकारीका प्रतिनिधिहरुले संयुक्त  विज्ञप्ति निकाल्दै यस्तो माग गरेका हुन् । भदौ ३० गतेदेखि सञ्चालन भएको परीक्षाको नतिजा मंसिर ९ गते प्रकाशित गरिएको थियो ।

प्रदेश परीक्षा व्यवस्थापन बोर्ड प्रमुख विष्णुनारायण श्रेष्ठले कानुन संकायका विद्यार्थीको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयमै पठाएको बताए । ‘धेरै विद्यार्थी भएका विषयको जाँच प्रदेशमै भयो । थोरै पुस्तिका परीक्षा नियन्त्रण कार्यालयमा पठाएका थियौं,’ उनले भने, ‘माथिबाट आएको नतिजाबारे हामीलाई जानकारी छैन । जे रिजल्ट आयो, त्यही प्रकाशन गरिएको हो ।’ विद्यार्थीको मागबारे सम्बन्धित ठाउँमा जानकारी गराउने उनको भनाइ छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
२०८३ कार्तिक २३, सोमबार
तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २३, सोमबार
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
कोप–३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार