असार २८, २०८२ शनिबार July 12, 2025

पुस १ र २ गते राजधानीमा आइटी शैक्षिक मेला आयोजना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैटौँ व्यवस्थापन तथा आइटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।

युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रवार) काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबिए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरू प्रदान गर्ने ३० शैक्षिक संस्थाहरूको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ ।

नेपालमै व्यवस्थापन तथा आई.टि. तर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको छ ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका तीन वटा, काठमाडौँ विश्वविद्यालयका दुई वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविद्यालयका कलेज, दुई वटा सिए र एक अन्य अध्यापन गराउने संस्थाहरूको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको सहभागिता रहने यस मेलामा जम्मा ५१ वटा स्टलहरू रहने युटीसीका एडमिनिसट्रेटिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिनुभयो ।

यस वर्षको युनिभर्सल थट कन्सल्टद्वारा  आयोजित छैटौँ नेपाल व्यवस्थापन तथा आई.टि. शैक्षिक मेला २०७८ को टाइटल स्पोन्सर प्रेसिडेन्टल बिजनेश स्कुल कलेज रहेको छ भने मुख्य स्पोन्सरमा आइआइएमएस कलेज, इन एसोसिएसन विथमा ट्रिनिटी कलेज र किष्ट कलेज साथै मिड भ्याली कलेज,  माल्पी कलेज, मेदाभी कलेज, एआइटीएम कलेज, केआइसी कलेज पावर वाइमा तथा मेलाको इभेण्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार