असार २८, २०८२ शनिबार July 12, 2025

विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कालीकोट खाँडाचक्र नगरपालिका–४ मा रहेको नवज्योति आधारभूत विद्यालयका विद्यार्थी कक्षा कोठाको अभावमा चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् ।

सातकोठे भवन रहेको सो विद्यालयमा चार कोठा जीर्ण भएपछि अहिले कक्षा कोठाको अभाव भई विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य भएका छन् । कुल २६५ विद्यार्थी रहेका विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यालय बाहिर चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् ।

विद्यालयको दयनीय अवस्थाबारे कसैले चासो नदिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर बोगटीले गुनासो गर्नुभयो,“विद्यालयको दयनीय अवस्थाका विषयमा सरोकारवाला निकायले चासो दिएनन्”, उहाँले भन्नुभयो,“विद्यालयका अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय एकाइलाईसमेत जानकारी दिएको हुँ ।”

विद्यालयमा अधिकांश गरिब, दलित तथा विपन्न बालबालिका पढ्न आउने गरेका कारण सो विद्यालयको अवस्थाका विषयमा कसैले चासो नदिएको प्रधानाध्यापक बोगटीको गुनासो थियो । हिउँदमा घाममा पढ्न त ठिकै हो, तर वर्षाको समयमा पानी परे चिसो कक्षामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको बोगटीले बताउनुभयो । तीन निजी स्रोत, एक स्थायी, एक बाल विकासका शिक्षिका र एकजना कार्यालय सहयोगी रहेको सो विद्यालयको भौतिक संरचना भने दयनीय रहेको स्थानीयवासी जयबहादुर विकले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार