असार २८, २०८२ शनिबार July 12, 2025

शिक्षकलाई कोरोना पुष्टीपछि एक साताका लागि विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

एक शिक्षकलाई कोभिड–१९ सङ्क्रमण पुष्टी भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ।

धनकुटाको पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड–१९ परीक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताउनुभयो । पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा बसिरहनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया