काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्नमाध्यमिक विद्यालय र प्राथमिक विद्यालयको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको छ ।
सोमबार आयोगका पदाधिकारीहरुको छलफलमा उहँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिनुभएको हो । उहाँले भन्नु भयो, “देशभरिका विद्यालयमा शिक्षक अभाव छ । यसै साता निमावि र त्यसको कृही समयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।”
शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली केही दिन अघि मन्त्रिपरिषद्बाट पारित भएको थियो । नियमावलीबारे जानकारी गराउँदै पौडेलले शिक्षकको आन्तरिक बढुवा एवं अध्ययन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन गर्ने प्रक्रिया थाल्न आयोगलाई निर्देशन दिनुभयो ।
नियमावली संशोधन भइसकेको अब तीन हजार ३९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ ।
छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्नमाध्यामिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिनुभयो । रेग्मीले भन्नुभयो, “माविको एक हजार ५६५ पदका लागि विज्ञापन गरिसकेका छौं । यसै साता निम्ममाध्यामिक विद्यालयमा दुई हजार ५९८ पदका लागि विज्ञापन गर्छौ । गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया