कार्तिक २३, २०८३ सोमबार November 9, 2026

शैक्षिक कर्जाको व्यवस्था, महँगी नियन्त्रण लगायतको माग गर्दै अखिलले बुझायो हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विद्यार्थीलाई शैक्षिक कर्जाको व्यवस्था, महँगी नियन्त्रण लगायतको माग गर्दै अनेरास्ववियु खोटाङले हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाएको छ ।

विद्यार्थीलाई शैक्षिक कर्जा कार्यान्वयन गर्न, यातायातमा विद्यार्थीलाई सहुलियत उपलव्ध गराउन, कालोबजारी, महंगी नियन्त्रण गर्न माग गर्दै अनेरास्ववियुले हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाएको हो । विद्यार्थीको हकहितमा सोमबार र मंगलबार संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालमार्फत् नेपाल सरकारलाई पठाइएको हो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष खेमराज देउसाली, सचिव मोहन संग्राम लगायतको विद्यार्थी नेताको टोलीले संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका हुन् । विभिन्न आन्दोलनबाट प्राप्त महत्वपूर्ण र ऐतिहासिक उपलब्धिलाई कमजोर बनाउने हेतुले परमादेसी सरकारले गरेको गतिविधिको घोर भत्सर्ना गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको अनेरास्ववियुका सचिव मोहन संग्रामले बताए ।

शैक्षिक कर्जा, यातायातमा सहुलियत, कालोबजारी र महंगी नियन्त्रणमा दवाव सिर्जना गर्न प्रदेश नम्बर १ मा ५० हजार हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाइएको अनेरास्ववियुले जनाएको छ । -न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
२०८३ कार्तिक २३, सोमबार
तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २३, सोमबार
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
कोप–३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार