श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म ३० अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छ वटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका छन् ।

जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै रु १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चार वटा लगानी प्रतिबद्धता आएको छ । प्रति उद्योगमा रु १५ करोडका दरले चार उद्योगमा रु साठी  करोड लगानी प्रतिबद्धता आएको तथ्याङ्कमा उल्लेख छ । ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा रु पाँच करोड ६० लाख, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा रु ४५ करोड लगानी आएको छ

उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा रु तीन अर्ब २४ करोड र पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा रु नौ अर्ब ५५ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ । नयाँ व्यवस्थाअनुसार रु पाँच करोड भन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन ।

विभागले सार्वजनिक गरेको पाँच महिनाको विदेशी लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव चीनबाट आएको पाइएको छ । तथ्याङ्क अनुसार पाँच महिनामा कूल प्रतिबद्धताको करिब ८० प्रतिशत चीनबाट आएको छ । चीनबाट १०२ उद्योगमा रु २३ अर्ब ६४ लाख बढीको प्रतिबद्धता आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार