श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृतः ओपनिङ रेन्ज कति पुग्यो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरूलाई निष्काशन गरेको छ लाख, संस्थापक सेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनीका संस्थापकहरूले लगानी गरेको तीन करोड छ लाख गरी छ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । अब आइतबार कारोबार खुल्दा सोही मूल्यका आधारमा खुल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार