असार २८, २०८२ शनिबार July 12, 2025

प्राध्यापक कुटपिट गर्ने विद्यार्थी निष्कासित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसले परीक्षा हलभित्र प्रवेश गरी प्राध्यापकमाथि हातपात गर्ने विद्यार्थीलाई निष्कासन गरेको छ ।

यही पुस ६ गते स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेका बेला हलमा प्रवेश गरी सोही क्याम्पसका स्नातक तह दोस्रो वर्षका विद्यार्थी कुवेर जोठाराले निरीक्षक रहेका प्राध्यापकमाथि साङ्घातिक हमला गरेका थिए ।

क्याम्पस प्रमुख डा जीवधर ज्ञवालीले उक्त कार्यले क्याम्पस प्रशासनको वातावरणमा खलल पुगेकाले निज विद्यार्थीलाई निष्कासन गरी कानूनी कारबाही अघि बढाइएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया