श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आर्थिक उत्पादनमा भारतले एकवर्षभित्र फ्रान्स र दुई वर्षपछि बेलायतलाई उछिन्ने: अध्ययन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वकै एक नम्बरको अर्थतन्त्र भएको देश बनेर अमेरिकालाई उछिन्न चीनलाई अझै केही समय लाग्ने एउटा पछिल्लो अध्ययनले देखाएको छ । बेलायतको कन्सलटेन्सी सिवरले गरेकाे अध्ययनमा सन् २०३० पछि मात्र चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्नेछ ।

आर्थिक उत्पादनका दृष्टिले भारतले आगामी वर्षमा फ्रान्सलाई र दुई वर्षपछि बेलायतलाई उछिनेर विश्वकै छैटौ ठूलो अर्थतन्त्र भएको देश बन्ने अध्ययनमा जनाइएको छ । ‘सन् २०२० को दशकमा मुद्रास्फीतीसँग विश्वको अर्थतन्त्रले कसरी सामना गर्छ भन्ने महत्वपूर्ण विषय हो,’ सिवरका उपाध्यक्ष डोगलास म्याकविलियमले भने ।

प्रतिवेदनअनुसार आर्थिक उत्पादनका दृष्टिले जर्मनीले सन् २०३३ मा जापानलाई उछिन्नेछ । त्यसैगरी, सन् २०३६ सम्ममा रसिया विश्वकै १० ठूला शक्तिशाली अर्थतन्त्र भएका देशहरुको सूचीमा रहनेछ भने सन् २०३४ मा इन्डोनेसिया नवौं स्थानमा रहनेछ ।

गत वर्ष वल्र्ड इकोनोमिक लिग टेबुलले प्रकाशित गरेको एक अध्ययनमा सन् २०२८ मा चीन विश्वकै सर्वाधिक शक्तिशाली अर्थतन्त्र देश हुने जनाइएको थियो ।

आगामी वर्ष विश्वको आर्थिक उत्पादन १०० खर्ब डलरबराबर हुने अध्ययनमा जनाइएकाे छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार