मंग्सिर २, २०८३ बुधबार November 18, 2026

सबै तहका निर्वाचन ताेकिएकै समयमा हुन्छः गृहमन्त्री खाँण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताएका छन्। पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचन ताेकिएकाे मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताए।

‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन्। सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ’, उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन्।’

उनले समय भने तोकेनन्। निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ। अघिल्लो पटकको पहिलो स्थानीय निर्वाचन ३१ वैशाख २०७४ मा भएको थियो। खाँणले त्यही मितिलाई लक्षित गर्दै समयभित्रै निर्वाचन गर्ने बताएका हुन्।

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन्। नेपाल सरकारले नै प्रस्ताव गरेको परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको उनले बताए।

‘एमसीसी कुनै सैन्य परियोजना हुँदै होइन। नेपालको भौतिक विकासका लागि नै हो। जलविद्युतको ट्रान्समिसन र सडक विस्तारका लागि नै यो परियोजना आएको हो’, उनले थपे, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो। नेपालीले यसको सदुपयोग गर्नुपर्दछ। त्यसैले यो अघि बढ्नुपर्छ।’

एमसीसी पास गर्न सबै पार्टीको सहमति पाउने उनको विश्वास छ। ‘संविधानसभाको निर्वाचन हुँदैन भनेका थिए, दुईपटक निर्वाचन भयो। संविधानसभाबाट संविधान बन्दैन भन्ने थियो, बन्यो। हाम्रै पार्टीको महाधिवेशन हुँदैन भन्थे, भयो’, खाँण भन्छन्, ‘एमसीसी पनि सहमतिकै आधारमा पास हुन्छ, त्यो सरकारलाई विश्वास छ।’

फरक प्रसंगमा गृहमन्त्री खाँणले पोखरा र लेकसाइड क्षेत्र २४सैं घन्टा खुला गर्ने बताएका छन्। -न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कतार-कुवेतमा १८ वर्ष बिताएका मीनबहादुर गाउँ फर्किएर भैँसीपालनमा, वार्षिक ३ लाख बचत
२०८३ मंग्सिर २, बुधबार
कोप-३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक
२०८३ मंग्सिर २, बुधबार
सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
२०८३ मंग्सिर २, बुधबार
हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार
२०८३ मंग्सिर २, बुधबार
राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर कति पुग्यो ?
२०८३ मंग्सिर २, बुधबार
यस्तो छ आजको मौसम पूर्वानुमान
२०८३ मंग्सिर २, बुधबार
आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर २, बुधबार