असार २८, २०८२ शनिबार July 12, 2025

स्नातकोत्तर तहको परीक्षाफल प्रकाशित (नतिजासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातकोत्तर तहको परीक्षाफल प्रकाशित गरेको हो ।

आज एक सूचना प्रकाशित गर्दै नतिजा प्रकाशित भएको जानकारी गराइएको छ ।

 

सूचनामा भनिएको छ त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ्ग सिष्टम अनुसार २०७८ साल श्रावण महिनामा सञ्चालन भएको स्नातकोत्तर तहको परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

सूचना अनुसार भौतिक शास्त्र विषय दोश्रो वर्ष चौथो शत्र २०७४ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लेख छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थी उत्तीर्ण भएका छन् । जनबोली

   

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया