श्रावण १३, २०८३ बुधबार July 29, 2026

सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सामाजिक सेवाका क्षेत्रका कामलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७७ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको हो ।

यस विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बुधबार प्रदेशका सामाजिक विकास मन्त्रीहरुसाग ललितपुरमा छलफल गरेका थिए । छलफलमा सामाजिक विकास कार्यालय स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने गरी सहकार्यका साथ काम गर्न प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको जानकारी गराउँदै मन्त्री गुरुङले सामाजिक विकास कार्यालय स्थापना भए सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सहज हुने विश्वास व्यक्त गरेका छन । मन्त्री गुरुङको आह्वानमा बैठकमा सहभागी प्रदेशका मन्त्रीहरुले पनि आफूहरु हातेमालो गर्न तयार रहेको बताएका थिए ।

छलफलमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार