श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुनको मूल्य ३०० ले घट्याे, यस्ताे छ बजार भाउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३००ले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालु साताकाे पहिलाे दिन आइतबार ताेलामा ३००ले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघअनुसार  गत साताकाे अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया