असोज १५, २०८३ बिहिबार October 1, 2026

चीनबाट आएका विद्यार्थीमा कोरोना भाइरसको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँबाट आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ ।

चीनबाट नेपाल आएका विद्यार्थीमध्ये एक जनामा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि शुक्रराज सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको हो ।

उनलाई तीन दिनसम्म अस्पताल भर्ना गरेर विभिन्न परीक्षण गरिएको थियो । तर प्रारम्भिक रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालका चिकित्सक डा. शेरबहादुुर पुनले जानकारी दिएका छन । उनका अनुसार ती विद्यार्थीको केही परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

चीनबाट आएका ३/४ जना विद्यार्थीमध्ये एक जनामा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि उनको मात्र स्वास्थ्य परीक्षण गरिएको डा. पुनले जानकारी दिएका छन ।

चीन, जापान, थाइल्याण्ड लगायत देशमा कोरोना भाइरसको संक्रमण बढेको छ । विश्व स्वास्थ्य संगठनले ती देशबाट आएका मानिसमा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्न भनेको छ । त्यसैले ती विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको अस्पतालले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार