असार २४, २०८२ मंगलबार July 8, 2025

अर्थ समितिले माग्यो नदीजन्य निर्माण सामग्रीको मूल्य विवरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संसदको अर्थ समितिले सातवटै प्रदेशका २-२ जिल्लाका जिल्ला समन्वय समितिलाई पछिल्लो १० वर्षको नदीजन्य निर्माण सामग्री (गिट्टी, ढुंगा, बालुवा)को मूल्य पठाउन निर्देशन दिएको छ । सिमेन्ट र नदीजन्य सामग्रीको मूल्य झण्डै समान भई निजी तथा सार्वजनिक निर्माण निकै महंगो बन्दै गएको बिषयमा समितिले अध्ययन गर्ने भएको छ ।

१४ जिल्लाका नदीजन्य सामग्रीको मूल्य विश्लेषण गरिने समितिका सभापति कृष्णप्रसाद दाहालले बताएका छन । उनका अनुसार त्यसका निम्ति काठमाडौं, काभ्रे, झापा, सुनसरी, धनुषा, सर्लाही, रुपन्देही, दाङ, सुर्खेत, बाँके, तनहु, कास्की, कैलाली र कन्चनपुर जिल्लाको मुल्य विवरण मागिएको छ ।

नदिजन्य निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दा एकातर्फ निजी तथा सार्वजनिक निर्माणको काम महंगो बन्दै गएको छ भने अर्कोतर्फ निर्माण सामग्री उत्खनन्मा वैध-अवैध धन्दा मौलाएको छ ।

यसकारण नदीजन्य स्रोतको दोहन सम्बन्धी नीति आवश्यक भएको अर्थ समितिका सभापति दाहाल बताउँछन् । उनी भन्छन्, ‘मूल्य नियन्त्रण गर्न र अवैध उत्खनन् रोक्न पनि यो गर्नैपर्ने भयो ।

प्राकृतिले निःशुल्क दिएको सामग्रीलाई सिमित मानिसले कमाउ धन्दा बनाएको र त्यसको बिरोध गर्नेको ज्यान समेत लिन थालेपछि नदी उत्खनन्लाई लिएर चर्को बिरोध भइरहेको छ ।

नदीनज्य सामग्री उत्खननमा हात हालेपछि छोटो समयमै धनी बन्ने र धनको आडमा गुण्डाराज चलाउनेहरुको संख्या पनि बढ्न थालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार