श्रावण ७, २०८२ बुधबार July 23, 2025

यातायात कार्यालय धनुषाद्वारा २९ करोड राजस्व सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८-७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए।

चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिउ । सो कार्यालयले आव २०७७-७८ को ६ महिनामा रु २० करोड २८ लाख २१ हजार राजस्व सङ्कलन गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार