कार्तिक २३, २०८३ सोमबार November 9, 2026

केशरमहल परिसरको सम्पत्ति संरक्षण गरिनेछ : शिक्षामन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केशरमहलस्थित केशर पुस्तकालय परिसरको भौतिक सम्पत्तिलाई सरकारले संरक्षण गर्ने बताउनुभएको छ ।

मन्त्री पौडेलले आज सो स्थलमा भइरहेको पुनः निर्माणका कामको निरीक्षणपछि त्यहाँको जग्गा निजी क्षेत्रलाई प्रयोग गर्न नदिइने स्पष्ट गर्नुभयो । उहाँले उक्त जग्गा निजी क्षेत्रलाई दिने भन्ने कुनै हल्लाको पछि नलागेर उक्त क्षेत्रको जग्गालाई संरक्षणमा लाग्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । मन्त्री पौडेलले विकास समिति बनाएर त्यहाँको ३४ रोपनी जग्गाको उपयोग गरिने जनाउनुभयो ।

विगतमा सो स्थलमा शिक्षा मन्त्रालयसमेत रहेकामा हाल मन्त्रालय सिंहदरबारमा सरेको छ भने उक्त परिसरमा स्वप्न बगैँचा रेष्टुरेन्ट सञ्चालित छ । केशर शमशेरले आफ्नो निजी पुस्तकालय सरकारलाई दान दिएपछि विसं २०२६ देखि सरकारले सञ्चालन गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
२०८३ कार्तिक २३, सोमबार
तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २३, सोमबार
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
कोप–३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार