असार २५, २०८२ बुधबार July 9, 2025

एमसीसी संसदबाट अनुमोदन गराउन खोज्नु राष्ट्रघाती :क्रान्तिकारी माओवादी (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेकपा (क्रान्तिकारी माओवादी)ले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)को कडा विरोध गरेको छ । एमसीसी नेपालमा सैन्य अखण्डा निर्माण गरी छिमेकी चीनलाई घेरा हाल्ने योजना अन्तर्गत लागू गर्न खोजिएको भन्दै एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्नु राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कुकृत्यको संज्ञा दिंदै कडा विरोध एवम् भत्र्सना गरेको छ ।

पार्टीका महासचिव मोहन वैद्य (किरण) ले शनिवार  एक विज्ञप्ती जारी गरी एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आम जनसमुदायसहित सम्पूर्ण देशभक्तहरुमा जोडदार आह्वान गरेको छ ।

वक्तव्यमा भनिएको छ, पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेराहाल्ने हिन्द-प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो सैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकाले एमसीसीलाई अगाडि सारेको कुरा उल्लेख गरेको बताएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यद्धारा शनिवार जारी गरिएको प्रेश विज्ञप्तीः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया