श्रावण ८, २०८२ बिहिबार July 24, 2025

चितवनमा धान उत्पादन घट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवन जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्याङ्कले देखाएको छ ।

कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो । यसबाट ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिनुभयो । गत आवमा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यस वर्ष एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । आव २०७६/७७ मा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा एक लाख १४ हजार ९०६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

कार्यालयका अनुसार चैतेधान उत्पादनमा स्थिरता रहेको छ । आव २०७६/७७ मा चार हजार ९१५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकामा २० हजार ७५० मेट्रिक टन उत्पादन भएको थियो । आव २०७७/७८ मा सोही क्षेत्रफलमा त्यतिनै उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कानुसार वर्षे धानमा क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्वमा अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ । आव २०७६/७७ मा प्रतिहेक्टर उत्पादकत्व चार दशमलब २१ मेट्रिक टन रहेकामा अघिल्लो आवमा तीन दशमलब ७९ मा झरेको थियो । चालु आवमा उत्पादकत्वमा केही वृद्धि भएको छ । यस वर्ष उत्पादकत्व तीन दशमलव नौ पुगेको न्यौपानेले बताउनुभयो ।

स्थानीय पालिकाहरुले दिएको तथ्याङ्कका आधारमा यस वर्ष वर्षे धानको क्षेत्रफल र उत्पादन घटेको उहाँको भनाइ छ । गत वर्ष धानमा रोग लागेका कारण उत्पादन घटेको हो । यस वर्ष धान पाक्ने समयमा वर्षा बढी हुँदा धानमा क्षति भएको न्यौपानेले बताउनुभयो । प्रमुख अन्न बालीका रूपमा रहेको मकैको उत्पादन विगत दुई वर्षमा स्थिर छ । पछिल्ला दुई आवमा मकैको उत्पादन स्थिर रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कार्यालयको तथ्याङ्कानुसार आव २०७६/७७ मा जिल्लाको २६ हजार १९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको थियो । सो क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको न्यौपानेले जानकारी दिनुभयो । गत आवमा २६ हजार १९ हेक्टर क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार