श्रावण ८, २०८२ बिहिबार July 24, 2025

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो।

नेप्सेको सीईओका लागि ११ जनाको आवेदन परेकोमा पहिलो चरणमा पाँच जना सर्टलिस्टमा परेका थिए। दोस्रो चरणमा पाँच जनामध्येबाट छनौट समितिले कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको थियो।

यसअघि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया