असार २३, २०८२ सोमबार July 7, 2025

जनमत पार्टीको जारी आन्दोलन स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन स्थगित गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो ।

जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित प्रदर्शन गर्दै आएको थियो । जनमतले आन्दोलनका क्रममा सर्वसाधारणका गाडीमा समेत तोडफोड र अगाजनीसमेत गरेको थियो ।

कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम राजमार्ग अस्तव्यस्त पारिरहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया