काठमाण्डौंः नेपाली काँग्रेस (वी.पी.) पाटीको नवलपुर जिल्ला कार्यसमिति विस्तार भएको छ । केन्द्रिय उपसभापति तथा गण्डकी प्रदेशको केन्द्रिय प्रतिनिधि भरत राज शर्माको उपस्थितिमा ११ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको हो ।
नवगठित जिल्ला कार्यसमितिको सभापतिमा सुन्दर प्रसाद पंगेनि, उपसभापतिमा राजु विश्वकर्मा, सचिवमा नव राज भट्टराई, कोषाध्यक्षमा तारा कठायत, सह सचिवमा छवि पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा धन बाहादुर बुढाथोकि, सागर विश्वकर्मा, प्रदिप थापा, जानुका खनाल, सुमित्रा विश्वकर्मा, सुरेन्द्र अधिकारि रहेका छन् ।
जिल्ला कार्यसमिति घोषणा सभामा केन्द्रिय उपसभापति तथा गण्डकी प्रदेशको केन्द्रिय प्रतिनिधि शर्माले पार्टीले माघ ७ गते देखि फाल्गुन ७ सम्म सातै प्रदेश र जिल्लामा राष्ट्रियता, शुसासन, समृद्धि र पार्टीको संगठन विस्तार तथा प्रचारात्मक राष्ट्रिय अभियानको रूपमा केन्द्रिय प्रतिनिधिहरु पठाइएको र पार्टीको संगठन विस्तारलाई तीव्रता दिदै प्रत्येक नेपालीको घरदैलोमा पार्टीको अवधारणा लैजाने बताएका थिए ।
उपसभापति शर्माले प्रजातन्त्र दिवस फाल्गुन ७ गते सातै प्रदेशको राजधानीमा केन्द्रिय प्रतिनिधिहरुको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइने समेत बताएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया