असार २८, २०८२ शनिबार July 12, 2025

फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरू खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरू खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले हिजो आइतबार साँझ यस्तो निर्णय गरेको हो ।

त्यसै गरी जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि नै लागु हुने गरी सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको १४ बुँदे आदेशमा कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका १२ वर्षमाथि उमेर समूहका विद्यार्थीका हकमा मात्र नियमित रूपमा कक्षा सञ्चालन गर्ने र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा भने आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन आदेश दिइएको छ । त्यसै गरी सबै किसिमका परीक्षाहरू स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी, गराई जेड आकारमा सिट व्यवस्थापन गरी २०७८ फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने पनि आदेशमा उल्लेख छ ।

त्यसै गरी जिल्ला प्रशासन कार्यालयले पार्टी प्यालेस सञ्चालन गर्दा कुल क्षमताको ५० प्रतिशत वा बढीमा एक सय जना नबढ्ने गरी सञ्चालन गर्नुपर्ने, खेलकुद कार्यक्रम सञ्चालन गर्दा एकपटकमा कुल क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरी गतिविधि सञ्चालन गर्नुपर्ने आदेश पनि जारी गरेको छ ।

यसअघि आइतबार नै बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेबाट लागु हुने गरी विद्यालय खोल्न गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो । सीसीएमसीसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य शैक्षिक क्रियाकलापसमेत सञ्चालन गर्न विभिन्न मन्त्रालयलाई ८ बुँदे सिफारिस गरेको गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार