असार २३, २०८२ सोमबार July 7, 2025

पूर्वप्रधानमन्त्री भट्टराई काेराेना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीि डा बाबुराम भट्टराई काेराेना भाइरस संक्रमणमुक्त भएका छन् ।

पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भनेका छन् ।

अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया