काठमाडौंः नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया