श्रावण ८, २०८२ बिहिबार July 24, 2025

समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद फागुन ८ गतेदेखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः समृद्धि फाइनान्स कम्पनी लिमिटेड (SFCL) ले फागुन ८ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले २ः१ को अनुपातमा अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

यस हकप्रदमा पुस ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । किनभने फाइनान्सले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पुस ११ गते आइतबार एक दिन बुकक्लोज गरेको थियो ।

हकप्रदमा फागुन ८ देखि २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । मेरो सेयरको मोबाइल एप, वेवसाइट, बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल मार्केट नक्साल तथा समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

हकप्रद जारी गर्न कम्पनीले गराएको साख मूल्याङ्कनमा कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर सिंगल सी रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था वित्तीय दायित्व पूरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।

कम्पनीको हकप्रदमा सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले रहेको छ ।

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको ५० प्रतिशत हकप्रद बिक्रीपछि ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । नोटबजार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार