असार २३, २०८२ सोमबार July 7, 2025

निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : महामन्त्री थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाै‌ंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएकाे बताएका छन् ।

सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहकाे निर्वाचन घाेषणा गरेसँगै आशंकाहरु हटेकाे थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,’ उनले लेखेका छन् ।

‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन,’ थापाले भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया