श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेप्सेमा उछाल, प्रि ओपनिङ्गमै २५ अंकले बढ्यो नेप्से

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि साताको तेस्रो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा उछाल आएको छ ।

यसदिन प्रि-ओपनिङमा सेसनमा नेप्से सूचक २४.७० अंकले बढेर २८७७.५८ बिन्दुमा पुगेको छ । यस अवधिमा २ करोड ७ लाख ९४ हजार ८७० रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

कारोबारमा आएका ५९ मध्ये ५६ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ । प्रि-ओपनमा ५९ कम्पनीको ४१ हजार ४२९ कित्ता सेयर २८४ वटा संख्यामा खरीद बिक्री भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया