असार २८, २०८२ शनिबार July 12, 2025

‘सार्वजनिक शिक्षा प्रणाली सुधार्न त्रिकोणात्मक भूमिका अपरिहार्य’ – शिक्षामन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताउनुभएको छ । शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसका अवसरमा आज सानोठिमीमा आयोजना भएको कार्यक्रममा उहाँले शिक्षाको गुणस्तर सुधार्न सरोकारवाला र अगुवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको शिक्षा प्रणाली सुधार्न मन्त्रालय, शिक्षक सेवा आयोग र नेपाल शिक्षक महासङ्घको त्रिकोणात्मक भूमिका अपरिहार्य रहेको उहाँको भनाइ थियो । नेपालमा सार्वजनिक शिक्षा कमजोर छ भन्ने आम क्षेत्रमा धारणा रहेको उल्लेख गर्दै मन्त्री पौडेलले शिक्षाको गुणस्तर सुधारेर त्यसको जवाफ दिने बेला आएको बताउनुभयो ।

सरोकारवालासँगको वार्ता र संवादबाट शिक्षा क्षेत्रलाई गतिशील बनाउन सकिने भन्दै उहाँले मन्त्री पौडेलले सबैमा सार्वजनिक शिक्षा सुधार्ने सङ्कल्पका साथ एकीकृत सक्रियता अगाडि बढाउनुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षक सेवा आयोगले लोकसेवा आयोगले जस्तै विश्वास आर्जन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा मन्त्रालयका सचिवद्वय यादवप्रसाद कोइराला र सुरेश आचार्यले सङ्घीय शिक्षा ऐन निर्माणको आवश्यकता औँल्याउनुभयो ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले विधिमा आधारित रहेर आयोगले वार्षिक कार्ययोजना बनाएर काम गरिरहेको भनाइ राख्नुभयो । आयोगका सदस्य नन्दकुमारी महर्जन र नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आयोगले निष्पक्ष ढङ्गले उत्कृष्ट शिक्षक छनोट गर्नुपर्नेमा जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार