असार २५, २०८२ बुधबार July 9, 2025

सभामुखको निर्वाचन माघ १२ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ ।

संसदमा भएका प्रमुख दलहरुबीच सभामुखको चुनाव १२ गते चुनाव गर्ने सहमति जुटेको छ । त्यसअनुसार संसद सचिवालय बसेर कार्यतालिका बनाउँदैछ ।

अपराह्न ४ बजे बस्ने संसदको बैठकमा यसबारे औपचारिक जानकारी गराइनेछ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिइसकेकाले यो बैठकको अध्यक्ष ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने संसद सचिवालय स्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया