कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सर्लाहीमा १० करोडको लगानीमा डेरी उद्योग संञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग सर्लाहीको हरिवनमा संचालनमा आएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–९, नयाँरोडमा शुक्रबार उक्त डेरीको एक समारोहकाबीच उदघाटन गरिएको हो । मंगलम डेरी एण्ड फुड ईन्डस्ट्रीजको रुपमा संचालनमा आएको उद्योगको स्थानीय बयोबृध बबरजंग थापाले उदघाटन गरेका उद्योग संचालक राघो प्रसाद सिहंले जानकारी दिए ।

उद्योग संचालक सिहंका अनुसार यस उद्योग १० करोड लागतमा तयार गरिएको हो । यस उद्योगले अत्याधुनिक प्रविधिको प्रयोगबाट गुणस्तिरिय दुग्ध पदार्थ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १६ हजार लिटर सम्म दुधका परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रसाशनले उल्लेख गरेको छ ।

यस उद्योगबाट छुर्पी, पोका दुध, दही, घ्यु, पनिर, नौनी, खुवा, आईसक्रिम, कुल्फि, मिठाई, चकलेट लगाएतका परिकार उत्पादन गर्ने योजना रहेको छ । उद्योगबाट उत्पादन भएका पदार्थ सर्लाही सहित रौतहट, बारा, पर्सा, महोतरी र धनुषा सम्मका बजारमा पुर्‍याईने उद्योगका प्रवन्ध निर्देशक सवल सिहंले बताए ।

स्थानीय स्तरमा उत्पादन भएका दुध संकलन गरेर प्रयोग गरिने उद्योगले जनाएको छ । स्थानीय स्तरमा यती ठुलो उद्योग संचालनमा आएको भन्दै दुध उत्पादक किसानमा समेत खुसी छाएको छ । प्रत्यक्ष ३० जना कर्मचारी रहने उद्योगबाट यस क्षेत्रका १ सय ५० बढि नागरिकले रोजगारी पाउने छन् ।

उद्योग स्थापनामा स्विस कन्ट्याक्ट परियोजनाको समेत प्राविधिक सहयोग रहेको उद्योगका संस्थापक सिहंले जानकारी दिए ।

उद्योग उदघाटन समारोहमा मधेश प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उप मेयर रेणुका पौडेल, सियाराम सिहं, माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुडाथोकी, नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, कांग्रेस नेता राम प्रसाद मैनाली, हरिवन ९ का वडाध्यक्ष सिताराम पोखरेल, हरिवन १० का वडाध्यक्ष शम्भु मैनाली, टेक बहादुर थापा लगाएतको आतिथ्यता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार