काठमाडौंः नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ ।
स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्स को सीमा घटाइएको हो ।
अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो ।
यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया