कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेप्सेमा झिनो अङ्कको गिरावट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ। शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अङ्कले बढेर ४९०.१३ मा पुगेको छ। कूल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर रु दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ मूल्यमा खरिद बिक्री भए।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने नो उपसमूहको भने ओरालो लागेको छ।

बैंकिङ ३.२७, होटल तथा पर्यटन १.५२, विकास बैंक ५३.३१ र अन्य ८.२१ अङ्कले उकालो लाग्यो। व्यापार १२.४, जलविद्युत् २१.९७, वित्त १३.६, निर्जीवन बीमा १८.१४, उत्पादन १२७, लघुवित्त ३.१६, जीवन बीमा १६३.१७, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.१६ अङ्कले ०.१६ अङ्कले ओरालो लागेको छ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब चार अर्ब दुई करोड ३० लाख ३५ हजार १८२ बराबरमा सिमित भएको छ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रु १५ करोड २२ लाख ८२ हजार बराबरको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड २७ लाख ५४ हजार ६०१, अपि पावरक कम्पनी रु ११ करोड १७ लाख १५ हजार ८१६, हिमालयन डिस्टिलरी आठ करोड ३६ लाख तीन हजार १८७ र नेपाल दूरसञ्चार कम्पनी आठ करोड ३१ लाख ९३ हजार ७२२ बराबरको कारोबार भएर शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेकाअनुसार मैलुङ खोला जलविद्युत् कम्पनी ७.८०, सामलिङ पावर कम्पनी ४.४८, नेपाल ल्यूब आयल ३.९९, न्यादी हाइड्रोपावर २.७४ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले २.७० प्रतिशतले कमाएका छन्।

यस्तै, शिवम् सिमेन्ट ७.११, रिलायन्स लाइफ इन्स्योरेन्स ५।७७, प्रुडेन्सियल इन्स्योरेन्स ४.०५, युनिभर्सल पावर कम्पनी ३.८१ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ३.४४ प्रतिशतले गुमाएका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार