कार्तिक २८, २०८३ शनिबार November 14, 2026

कृषि र साना उद्यममा लक्ष्मी लघुवित्त बेल्डाँडीकाे ८ कराेड कर्जा प्रवाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लक्ष्मी लघुवित्त वित्तिय संस्था कञ्चनपुरस्थित बेल्डाँडी शाखाले चार वर्षमा ८ कराेड रुपैयाँ कर्जा प्रवाह गरेकाे छ । लघुवित्तले १०६ वटा केन्द्रमार्फत कृषि र साना उद्यममा ८ कराेड ७ लाख ९२ हजार कर्जा लगानी गरेकाे  हाे ।

लक्ष्मी लघुवित्त बेल्डाँडी शाखा प्रमुख भरत गिरीका अनुसार संस्थाले केन्द्रमार्फत २ करोड ४४ लाख ८२ हजार ३ सय २५ रुपैयाँ निक्षेप संकलन गरेकाे छ । शाखामा १४ सय ७७ जना सदस्य आवद्ध छन् ।

१० माघ ०७४ मा शाखा स्थापना भएकाे थियाे । त्यसयता विना धिताे कार्यक्रम अन्तर्गत ७ सय २६ जनाले ऋण लिएका हुन् ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था बेल्डाँडीकाे दाेस्राे वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न भएको छ । ३१ नम्बर केन्द्र प्रमुख ईश्वरीदेवी भट्टको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय कार्यालय तथा आन्तरिक लेखा परीक्षण विभागका सहायक प्रबन्धक हरिकृष्ण भट्ट प्रमुख अतिथि थिए ।

सहायक प्रबन्धक भट्टले संस्थाबाट लिएको ऋणको सही ठाउँमा प्रयोग गर्न आग्रह गरे ।

प्रगति विवरण अनुसार १ सय ५६ जनालाई संस्थामार्फत सुत्केरी सुविधा प्रदान गरिएकाे छ । पाँच जनाले बिमा क्षतिपूर्ति प्राप्त गरेका छन् भने तीन जनाले काजकिरियाबाफत रकम भुक्तानी लिएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कनिष्ट सहायक रत्नाकला खत्रीले राखेकी थिइन् भने सञ्चालन सहायक जितेन्द्रप्रसाद जैशीले गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार