असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेस मजबुत रहे मात्रै संविधान रहन्छ : कांग्रेस केन्द्रीय सदस्य रज्जाक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले कांग्रेस मजबुत रहे मात्रै संविधान रहने उनले दावी गरेका छन् ।
नेपाल मुस्लिम संघ, रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री रज्जाकले संविधाननै नरहेपछि सबै अधिकार सकिने बताए । ‘संविधानअनुसार अधिकार चाहियो भने नेपाली कांग्रेसलाई जिताउनु पर्छ ।’

उनले मुस्लिम समुदायको अधिकारकाे सुनिश्चित पनि कांग्रेसले मात्रै गर्ने बताए । कांग्रेस नेतृत्वमा बनेको संविधानमार्फत मुस्लिम समुदायको छुट्टै पहिचान कायम भएको जाेड दिदै लोकतन्त्र कमजोर भए कांग्रेस कमजोर हुने र स्वतः मुस्लिम समुदायको हक अधिकार कमजोर हुने बताए ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मुस्लिम समुदायलाई अवसर र सम्मान गर्ने पार्टी कांग्रेस मात्रै भएको दावी पनि गरे । कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले मुस्लिम समुदायलाई कांग्रेसले उच्च मुल्यांकन गरेको बताए ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ, उपसभापति थानेश्वर घिमिरे, नेपाल मुस्लिम संघका केन्द्रीय सचिव मोहम्मद सफिक मुसलमानलगायतले एमसीसीबारे रहेको भ्रम चिर्न र कांग्रेसले निर्वाचन जित्दा सम्पूर्ण मुस्लिम समुदायले जित्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार