असार २३, २०८२ सोमबार July 7, 2025

नेविसंघ अध्यक्ष शेर्पालाई कोइराला समूहबाहेक सबैको अनुमोदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका अध्यक्ष दुजाङ शेर्पालाई संस्थापन ईत्तरका शेखर कोइराला समूहले अस्विकार गरे पनि अन्य दुई समूहले भने  स्वीकार गरेका छन् ।

सभापति देउवाले  ‘एकलौटी रुपमा मनोनित गरेको’ आरोप लगाउँदै कोइराला समूहले १४ चैतमा अलग्गै भेला बोलाएको दोस्रो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलले निवासमा बोलाएर अध्यक्ष शेर्पालाई बधाई दिएका छन् । यसअघि शेर्पालाई निवासमा नै बोलाएर प्रकाशमान सिंहले पनि बधाई दिइसकेका थिए ।  उक्त बधाई कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माको पनि उपस्थिति थियो ।

उता, शेर्पासहितको मनोनयनप्रति असन्तुष्टी जनाउँदै  कोइराला समूहले १४ चैतमा अनुपम फुडल्याण्डमा बृहत भेला आयोजना गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया