कार्तिक २३, २०८३ सोमबार November 9, 2026

लक्ष्मी माविमा नयाँ प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ बडहरेस्थित लक्ष्मी माविमा निमित्त प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

वडा कार्यालय बडहरेको सिफारिसमा प्रधानाध्यापक नयनकुमार राईलाई निलम्बन गर्दै केदारप्रसाद शाहलाई निमित्त प्रधानाध्यापक तोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले हलेसी तुवाचुङ नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश ठाकुरप्रसाद शर्मा र श्यामजी प्रधानको संयुक्त इजलासले निवेदक राईलाई अपूरणीय क्षति हुनसक्ने तथा संविधान सन्तुलनको दृष्टिबाट रिट निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि उल्लेखित निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

वडा कार्यालयको सिफारिसमा नगरपालिकाले गत १६ फागुनमा राईलाई निलम्बन गर्ने र सो ठाउँमा शाहलाई नियुक्ति निर्णय गरेको थियो । सो निर्णयसहितको पत्र २० फागुनमा विद्यालयमा पुगेपछि शाह २१ फागुनमा निमित्त प्रधानाध्यापक बनाइएका थिए ।

सोही निर्णयविरुद्ध राईले अदालतमा उत्प्रेषण मिश्रित, परमादेश निषेधाज्ञा मुद्दा हालेका थिए । अदालतको अन्तरिम आदेश अनुसार विद्यालयमा पुःन प्रअको जिम्मेवारी फर्केर काम गर्ने वातावरण बनेको राईले बताए ।न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार
बिदामा पनि विद्यार्थीको पढाइ अनुगमन गर्न घरदैलोमा पुग्यो विद्यालय
२०८३ कार्तिक २३, सोमबार
स्पेनिस ला लिगा : एट्लेटिकोलाई २–१ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा कायमै
२०८३ कार्तिक २३, सोमबार
महाधिवेशनमा आर्थिक चलखेल भएको हल्लाका भरमा प्रश्न नउठाउन विश्वप्रकाश शर्माको आग्रह
२०८३ कार्तिक २३, सोमबार
साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड
२०८३ कार्तिक २३, सोमबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ कार्तिक २३, सोमबार