असार २३, २०८२ सोमबार July 7, 2025

भ्रष्ट्राचारको छानविन गरे कांग्रेसले स्पष्ट दुई तिहाइ ल्याउने काँग्रेस उपसभापति धनराज गुरुङको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङले नेपालका उच्च पदस्थ सबै व्यक्तिको सम्पती छानबिन हुनुपर्ने माग राखेका छन् ।

आज बसेको केन्द्रीय कमिटीको बैठकमा उपसभापती गुरुङले भ्रष्ट्राचारको छानविन गरे कांग्रेसले स्पष्ट दुई तिहाइ ल्याउने बताएका हुन् ।

यस्तै सामाजिक सञ्जाल ट्विटरमा उनले आफूले केन्द्रीय कमिटी बैठकमा आफूले राखेको धारणा पनि व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, २०४६ सालपछिका गाविस अध्यक्ष, उपाध्यक्ष र नपाका मेयर, उपमेयरदेखि सांसद, मन्त्री, प्रम, उच्च पदका कर्मचारी, सेना, प्रहरी, न्यायाधीश सबैको सम्पत्ति छानबिन गरेर मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध अभियान चलाऔं । तब कांग्रेस जित्छ । सम्पत्ति छानबिनको शुरूआत मेरैबाट गरियोस् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया