असार २३, २०८२ सोमबार July 7, 2025

बुद्धिजीवीले सामाजिक परिवर्तन र जागरण ल्याउने काम गर्नुपर्छः एमाले अध्यक्ष ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एमाले अध्यक्ष केपी ओलीले सामाजिक परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीहरू क्रियाशील हुनुपर्ने बताएका छन् ।

एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीको अहम् भूमिका रहने भएकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिए ।

आफ्नो सम्बोधनको अधिकांश समय दर्शनशास्त्र र दार्शनिक व्यक्तिबारे व्याख्या गरेका उनले देशमा भएका विभिन्न परिवर्तनका साहित्यकार र बुद्धिजीवीहरूले कृति र लेखले जनतालाई जागरुक गराएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया