असार २३, २०८२ सोमबार July 7, 2025

बुद्धभूमिमा अन्याय र अत्याचार बढी भयाे : राप्रपा प्रवक्ता शाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै शाहीले शान्ति भूमिमा पनि यस्ताे भएकाेले राष्ट्रघातीलाई कहिले नस्वीकार्ने बताउँदै देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र यही देशमा रोजगारीको रहेकाे बताए ।

विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी रहेको उनले बताए । ‘राजा हुँदा देशमा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलेकोले अब जनता न्याय माग्न कहा जाने उनले प्रश्न गरे ।

तीन वर्षमा एक अर्ब ८ करोड बजेट सिद्धार्थनगर आएको र ५० करोड आठ लाख बेरुजु भएको जसमध्ये १७ करोड मोजमस्तीमा खर्च भएको सुनाउँदै प्रवक्ता शाहीले यसकाे हिसाब जनताले लिनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया