काठमाडौं । अहिले विश्वलाई नै आतंकित बनाइरहेको नयाँ खालको जीवाणु कोरोना भाइरसको परीक्षण आज देखि नेपालमै हुने भएको छ।
यसअघि यो भाइरस संक्रमण आशंका भएका व्यक्तिको रगत तथा र्यालको नमुना परीक्षणका लागि विदेशै पठाउनुपर्ने बाध्यता थियो।
तर आज देखि काटमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोना भाइरस परीक्षण हुने भएको हो।
प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाका अनुसार यो परीक्षणका लागि आवश्यक केमिकल आइपुगेकाले परीक्षण थालिने भएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया