असार २९, २०८२ आइतबार July 13, 2025

चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ ।

गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु. ७१ लाख ७१ हजार र समुदायको रु. दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन थापाले भवन निर्माणपछि विद्यार्थीलाई पर्खाल चर्किएर जीर्ण बनेको भवन र चौरमा राखेर पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री छ ।

विसं २०७७ असारमा भूमिगत पहिराका कारण धारापानीको ढाडटोलमा रहेको विद्यालयको २० कोठे भवन, ६ वटा शौचालयमा क्षति पुगेको थियो । ढाँडटोलका ७५ परिवार भूमिगत पहिराको जोखिममा छन् । धारापानीको किमबोटमा विद्यालय भवन निर्माणका लागि चक्रबहादुर थापा, उहाँका भाइ क्याप्टेन पूर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुवा चन्द्रबहादुर र आमा कुन्तादेवी थापाको नाममा ६ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराउनुभएको थियो । यसैगरी लालबहादुर थापा, कुलबहादुर थापा र अर्जुन थापाले पनि जग्गा उपलब्ध गराउनुभएको थियो ।

मूल सडकबाट जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पु¥याउन स्थानीय सूर्यबहादुर थापा, वेदबहादुर थापा, झकबहादुर पुर्जा, शेरबहादुर थापा, खिमदल थापा, मनबहादुर थापा, चन्द्रबहादुर थापा र महादेव थापाले जग्गा उपलब्ध गराउनुभएको छ । जग्गादाताको सम्मान गर्दै विद्यालयको नाम किसानी चन्द्रकुन्ता मावि राखिएको छ । प्रधानाध्यापक धु्रवबहादुर भण्डारीका अनुसार विद्यालयमा २२८ विद्यार्थी अध्ययनरत छन् ।

यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा चारकोठे भवन निर्माण गरिएको थियो । भवन परिसरमा गुड नेवर्स इन्टरनेशलको रु. नौ लाख ५९ हजार, धवलागिरि गाउँपालिकाको रु चार लाख ४५ हजार र समुदायको रु. एक लाख ९६ हजारको लागतमा शौचालय निर्माण गरिँदैछ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि धवलागिरि र २०२१ देखि मालिका गाउँपालिकामा सङ्गम म्याग्दी र कदम म्याग्दीमार्फत एकीकृत सामुदायिक विकास परियोजना सञ्चालनमा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार