भाद्र २, २०८३ मंगलबार August 18, 2026

सही सूचना सम्प्रेषण गर्नुपर्नेमा सभामुखको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आज राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उहाँले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमको दायित्व अझ बढेर गएको बताउनुभयो ।

“आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन देशको महान् उत्सव हो, निर्वाचनमा हामी सबै जवाफदेही र निष्ठापूर्वक इमान्दार भएर लाग्नुपर्छ”, सभामुख सापकोटाले भन्नुभयो । निर्वाचनबिना लोकतन्त्र जीवित हुन नसक्ने भन्दै उहाँले राष्ट्र र जनताका लागि निर्वाचन अवसरका रुपमा आएको उल्लेख गर्नुभयो । सूचनाको प्रभाव व्यापक ढङ्गले पर्र्दै आएको विश्वव्यापी उदाहरण दिँदै उहाँले सही सूचना जनतासमक्ष जति पु¥याउन सकियो त्यति नै जनता बलियो हुने बताउनुभयो ।

सभामुख सापकोटाले अझै पनि केही राजनीतिक शक्ति निर्वाचनको प्रक्रियामा सहभागी हुन चाहिरहेको अवस्था देखिएको भन्दै त्यस्ता शक्तिलाई निर्वाचनमा ल्याउन अधिकतम प्रयत्न गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले निर्वाचन सबैका लागि भएकाले सरकारले सबै पक्षलाई निर्वाचनको महाअभियानमा समेटेर लैजानुपर्ने बताउनुभयो । “उहाँहरु अलमलमा हुनुहुन्छ, हामी जिम्मेवारीमा छौँ, हामीले कमीकमजोरी गरेका हुन सक्छौँ, त्यतातर्फ सबैले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “सबैलाई निर्वाचनको प्रवाहमा समेट्नुपर्छ, यसका लागि राजनीतिक दलले निर्णायक भूमिका खेल्नुपर्छ ।”

प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले भ्रमपूर्ण, मिथ्या, तोडमोड गरिएका सूचना निर्वाचनका समयमा अत्यधिक प्रवाह हुने गरेको भन्दै त्यस्ता अफवाहलाई चिर्न सही र सत्य सूचना समयमै प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रविधिको विकाससँगै सूचना प्रवाहमा सहजता भए पनि यसको दुरुपयोग रोक्नेतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियोे । “भ्रमपूर्ण सूचनाबाट जनता, राजनीतिक दल, सरकारी निकाय चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो, “सार्वजनिक निकायले पनि समयमा सही सूचना प्रवाह गर्नुपर्छ ।”

प्रमुख आयुक्त गुरुङले निर्वाचनका समयमा लैङ्गिक, जातीय र भौगोलिक आधारमा हुने गलत सूचना प्रवाह हुनसक्ने र गलत सूचनाका आधारमा हिंसा बढ्नसक्ने भएकाले भ्रामक सूचना नियन्त्रण गर्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार