असार २३, २०८२ सोमबार July 7, 2025

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।

चीनबाट नेपाल आइपुगेकी ४८ वर्षकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पताल स्रोतको भनाइ छ ।

हङकङ पठाइएको रगतको नमुना परीक्षणबाट उनमा भाइरस संक्रमण पुष्टि भएको हो ।

ती महिलासँगै अस्पताल भर्ना भएका २८ वर्षका पुरूषमा भने भाइरस संक्रमण नभएको पुष्टि भएको अस्पतालको भनाइ छ ।

टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनको बाटो हुँदै नेपाल फर्किएका थिए । संक्रमित महिला चीनमा आयोजित एक कार्यक्रमबाट फर्केकी थिइन् भने पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया