श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

मुख्यमन्त्रीले उद्घाटन गर्ने महायज्ञस्थलमा पुरुषको शव भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ गिधनियामा पुरुषको शव फेला परेको छ । गिधनियामा मंगलबारबाट सुरु हुने ‘सीताराम नाम जप महायज्ञ’ स्थलमा एक पुरुषको शव भेटिएको हो ।

आगामी माघ २६ गतेसम्म चल्ने महायज्ञ आज मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

महायज्ञका लागि सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बस्नका लागि बनाइएको अस्थायी टेन्टभित्र पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताएका छन ।

अन्दाजी ४०/४५ वर्षको उमेरको देखिने पुरुषको चिसोले कठ्याग्रिएर मृत्यु भएको बताउँदै उनले पहिचान भने नखुलेको बताएका छन ।

ती पुरुष बेलुका खाना खाएर सुतेका थिए । मृत अवस्थामा भेटिएपछि शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा पठाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया