असार २५, २०८२ बुधबार July 9, 2025

सभामुखलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने : एमसीसी अनुमोदनको प्रतीक्षामा छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गरेका छन् । तर अब सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिने क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका ओलीले भने, ‘अलिकति विलम्ब भइसक्यौं । सभामुख चयनमा पनि विलम्ब भयो । अब हुनु हुँदैन ।’

थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने भन्दै उनले अघि भने, धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुछ ।’

यस्ता अनेक विषयमा अर्को पटक सविस्तार सदनलाई सम्बोधन गर्ने उनले बताएका छन । प्रधानमन्त्री ओलीले आग्रह र अनावश्यक बहसमा अल्झिन नहुनेमा जोड दिएका छन । उनले सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया