श्रावण ५, २०८२ सोमबार July 21, 2025

कालिकोटमा टेलिफोन सेवा अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कालिकोटमा शुक्रवार राति आएको हावाहुरीका कारणले कालिकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

हावाहुरीका कारणले टेलिफोनका टावर भत्किँदा र सोलार प्लान्टमा समस्या आएका कारणले जिल्लाभर फोन सेवा अवरुद्ध भएको हो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट र तिलागुफा नगरपालिका, नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, र शुभकालिका गाउँपालिका सम्पर्क विच्छेद भएका छन् ।

जिल्लामा टेलिफोन सेवा सुचारुका लागि आवश्यक जनशक्ति र सामान बाहिरबाट मगाइएको नेपाल टेलिकम जिल्ला शाखा कार्यालय कालिकोटले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया